काठमाडौं । एकीकृत समाजवादीले महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिएको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले महासचिव भुसाललाई उपाध्यक्ष बनाएर घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिइएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
गत निर्वाचनमा पार्टीले टिकट नदिएपछि एमाले छोड्नुभएका भुसाल निर्वाचनमा पराजित भएसँगै एकीकृत समाजवादी प्रवेश गर्नुभएको थियो । रुपन्देही क्षेत्र नम्बर १ मा चुनाव लड्नुभएका भुसालले कांग्रेस र माओवादीको साथ पाउँदा पनि विजय हुनुभएन । त्यसपछि उहाँ एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।
भुसाल गत पुस ३० गते केन्द्रीय सचिवालय सदस्यमाा मनोनीत हुनुभएको थियो । माधवकुमार नेपालले एमाले विभाजन गरेको डेढ वर्षपछि भुसाल समाजवादीमा प्रवेश गर्नुभएको थियो । प्रवेशको डेढ महिनामै उहाँले महासचिवको जिम्मेवारी पाउनुभएको हो ।
नेकपा एमालेमा रहँदा भुसाल माधव नेपाल समूहमै हुनुहुन्थ्यो । २०७८ असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाललाई मिलाउन बनाइएको १० बुँदे सहमतिपत्रका एकजना मस्यौदाकार भुसाल पनि हुनुहुन्थ्यो ।
आइतबारको सचिवालय बैठकले उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका