नवनिर्वाचित उपराष्ट्रपति यादवको सपथ आज

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिदै हुनुहुन्छ ।

उपराष्ट्रपति यादवले आज (आइतबार) बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने बिशेष समारोहका बीचमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुहुनेछ ।

बारा-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवले सांसद र जनता समाजवादी पार्टी नेपाल (जसपा) पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिइसक्नुभएको छ । उहाँले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आफू उपराष्ट्रपतिमा निर्वाचित भएकाले बारा-२ को निर्वचान क्षेत्र रिक्त रहेको जानकारी पनि गराईसक्नुभएको छ ।

गत चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?