स्ववियु निर्वाचन : जुम्ला बहुमुखी क्याम्पसमा नेविसंघका महेश हमाल विजयी, सचिवमा अखिल क्रान्तिकारीका जैसी

विजय रावत जुम्ला, संवाददाता
Read Time = 6 mins

जुम्ला । जुम्ला बहुमुखी क्याम्पसमा नेविसंघका महेश हमाल सभापतिमा विजयी हुनुभएको छ । सचिवमा अखिल (क्रान्तिकारी) का जयकृष्ण जैसी निर्वाचित भएको जुम्ला बहुमुखी क्याम्पसले जनाएको छ ।

जुम्ला बहुमुखी क्याम्पसमा कांग्रेस निकट नेपाली विद्यार्थी संगठन (नेविसंघले) तीन मतले सभापतिमा जित हासिल गरे छ ।

आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमा १४२ मतसहित नेविसंघका सभापति उम्मेदवार महेश हमाल विजय भएको निर्वाचन अधिकृत तथा उपप्राध्यापक प्रकाशचन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का सभापति उम्मेदवार विष्णु भण्डारीले १३९ मत प्राप्त गर्नुभएको छ ।

सचिवमा अखिल (क्रान्तिकारी) का उम्मेदवार जयकृष्ण जैसीले १४० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अनिता नेपालीले १३६ मत प्राप्त गरेको जुम्ला बहुमुखी क्याम्पसले जनाएको छ ।

कोषाध्यक्ष १५३मतसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका उम्मेदवार मेगराज देवकोटा विजयी हुनुभएको छ । सदस्य पदमा सबै माओवाद निकट अखिल (क्रान्तिकारी) का उम्मेदवारले जित हासिल गरेको निर्वाचन अधिकृत खत्रीले बताउनुभयो ।

कुल ७८२ विद्यार्थी भर्ना भएकामध्ये ५२८ जनाले मात्रै परिचयपत्र लिएका थिए। मतदानमा करिब ५१३ जना विद्यार्थीले भाग लिएको निर्वाचन अधिकृत खत्रीले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयको एकमात्र आंगिक क्याम्पस जुम्ला बहुमुखी क्याम्पसको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । २०६५ सालपछि निर्वाचन हुन नसकेको जुम्लाका बहुमुखी क्याम्पसमा लामो समय पछि धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पाउँदा क्याम्पस परिवार खुसी भएको जुम्ला बहुमुखी क्याम्पसले जनाएको छ ।

यसअघि त्रिविका १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् । कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ भने बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

त्यस्तो छ जुम्ला बहुमुखी क्याम्पसले सार्वजनिक गरेको मत परिमाण :
नेपाल विद्यार्थी संघ

महेश हमाल, सभापति १४२
खगेन्द्र उपाध्याय, सचिव ८९
उर्मिला बुढा, कोषाध्यक्ष ८१
ललिता बुढा, सदस्य ९५
रिता रोकाया, सदस्य १०८
दिपेन्द्र रावत, सदस्य ९१
निशा सेजुवाल, सदस्य ११३
पदम रावत, सदस्य ९९

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)

लोकेन्द्र बुढा, सभापति १३७
अनिता नेपाली, सचिव १३६
धन राज बुढा, कोषाध्यक्ष १४७
सृजना रावत, सदस्य ११५
टेकेन्द्र अधिकारी, सदस्य १०७
उर्गेन लामा, सदस्य १०६
ईश्वर खत्री, सदस्य १५५
मायादेवी रोकाया, सदस्य १०५

अखिल (क्रान्तिकारी)

विष्णु भण्डारी, सभापति १३९
जयकृष्ण जैसी, सचिव १४०
आर्विश कार्की, सदस्य १४८
राम प्रसाद बोहोरा, सदस्य १७३
रण ब. रोकाया, सदस्य १४३

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन

मेगराज देवकोटा, कोषाध्यक्ष १५३ विजयी
विनोद भण्डारी, सदस्य १३२ विजयी

स्वतन्त्र विद्यार्थी समूह 

पदम कामी, कोषाध्यक्ष ३७
मिमराज कामी, सदस्य ३६
रेखा खड्का, सदस्य ४३

अखिल (क्रान्तिकारी) विप्लव (सी)

रमेश रावत, सभापति ११
सावित्री अधिकारी, सदस्य २२

नेपाल क्रान्तिकारी विद्यार्थी संघ 

सपना शाही, सचिव २७
नविन धराला, कोषाध्यक्ष २६
मिमकोशा बोहोरा, सदस्य २७

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन 

हरि थापा, सभापति ५८
पन्चकली बुढा, सचिव ७६
सविना हमाल, सदस्य ३८
मुनप्रसाद न्यौपाने, सदस्य ६०
शेर ब. रावत, सदस्य ४४

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?