राप्रपाले आज ७७ वटै जिल्लाका सिडिओलाई ज्ञापनपत्र बुझाउँदै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापनपत्र बुझाउने भएको छ ।

रसायनिक मलमा अनुदान कटौती र मूल्यवृद्धिको विरोधमा राप्रपाले आज ७७ वटै जिल्ला प्रशासन कार्यलय पुगेर ज्ञापनपत्र बुझाउन लागेको हो ।

राप्रपाले किसानहरूका समस्याका बारेमा प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेगरी आज सबै जिल्लााका प्रजिअलाई भेट्ने कार्यक्रम रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

‘स्वदेशी उत्पादन वृद्धि गरौं, आयात प्रतिस्थापन गरि निर्यात बढाऔं’ भन्ने पार्टीको नीति अनुसार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागिएको श्रेष्ठले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?