‘स्वच्छ उर्जामार्फत उपभोक्ता सशक्तिकरण’

हिमालय टाइम्स
Read Time = 5 mins

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा ‘स्वच्छ उर्जामार्फत उपभोक्ता सशक्तिकरण’ कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि हंसपुर नगरपालिकाका मेयर एवं नेपाल नगरपालिका संघ मधेश प्रदेशका प्रमुख प्रदीपकुमार यादव र सेवा नेपालको संस्थापक अध्यक्ष एवं संरक्षक कल्याणी शाहले गर्नुभएको छ । उहाँहरूले पानसमा बत्ति बालेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

सेवा नेपालका कार्यवाहक अध्यक्ष केशवराज लम्सालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा हिमालय टाइम्सका कार्यकारी निर्देशक उज्ज्वल शर्मा विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो । यस्तै नेपाल वायोग्यास प्रर्वद्धन संघ मधेश प्रदेशका तिलक श्रेष्ठ, नविकरण उर्जा कार्यक्रम मधेश प्रदेशका अभय कर्ण नेपाल, बैकल्पिक उर्जा प्रर्वधन केन्द्रका सतिश गौतम, नेपाल बुद्धिजिवी प्रतिष्ठानका अध्यक्ष बिष्णु कुंवर र नेपाल बार एशोसियशनका पूर्व अध्यक्ष किशोरी साह पनि कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो ।

कार्यक्रममा उर्जा संकटबाट उपभोक्तालाई कसरी जोगाउने भन्ने बिषयवस्तुमा चर्चा गरिएको थियो । यसै बिषयमा वक्ताहरूले आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा सेवा नेपालकी सचिव समिता केसीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सेवा नेपालकी सदस्य रचना श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्नुहुँदै हंसपुर नगरपालिकाका मेयर एवं नेपाल नगरपालिका संघ मधेश प्रदेशका प्रमुख प्रदीपकुमार यादव ।

मानकी इन्टरनेशनल प्रा.लि.को सभाहल जनकपुरधाममा भएको कार्यक्रमको आयोजक सेवा नेपाल बानेश्वर काठमाडौं रहेको छ भने नेपाल बायोग्यास प्रर्वद्धन संघ मधेश प्रदेशको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

विश्व अहिले द्रुत उर्जा संकटबाट ग्रुजिरहेको छ । बजारमा देखिने अभाव र मूल्य बृद्धिले गर्दा हामी उर्जा संकट नजिकिँदै गएका छौं । साथै जलवायु परिवर्तनले पनि प्रत्यक्ष रुपमा इन्धन आपूर्ति र उर्जा उत्पादनमा असर गर्दछ । यसको प्रभावबाट आम उपभोक्ताहरू पूर्ण रुपमा अछुत रहन सक्दैनन् । त्यसैले उर्जा संक्रमणको बेला उपभोक्ताहरूलाई सशक्तिकरण गर्नु भनेको उनीहरूलाई बैकल्पिक उर्जाको प्रयोगको बारेमा सुसुचित गरी सकारात्मक निर्णयहरू लिन अभिप्रेरित गुर्न, स्वच्छ र दिगो उर्जा प्रणालीमा सकृय रुपमा सहभागीता हुन सक्ने क्षमतालाई बढाउनु भन्ने बुझिन्छ ।

यहाँ उर्जा संक्रमणका बेला उपभोक्ता सशक्तिकरणसँग सम्बन्धित केही प्रमुख मुद्दाहरूलाई उजागर गरी दिगो र स्वच्छ उर्जा भविष्य कसरी प्राप्त गर्न सकिनेछ भन्ने बारे चर्चा गरिनेछ ।

बाँकी विज्ञप्तिमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?