-सरोज निरौला
उदयपुर । उदयपुरका एक युवकको त्रियुगा नगरपालिकाले उद्धार गरेको छ । त्रियुगा नगरपालिका वडा न.६ लालपत्ताका मानसिक विरामी २१ बर्षिय राम वहादुर परियारलाई त्रियुगा नगरपालिकाले उद्धार गरेर उपचार गर्न हेटौडा पठाएको हो ।
परियार उपचार खर्चको अभाबको कारण विगत १० बर्षदेखी साङ्लो बाधेर राखिएका थिए । त्रियुगा नगरपालिकाका उप-मेयर महेश्वरी राई तथा समाजसेवी भागवत राउतको पहलमा विरामीको उद्धार गरी उपचारार्थ हेटौडा स्थित मानव सेवा आश्रम पठाएको छ ।
रामको मानसिक सन्तुलन गुमे पछी दिदि हस्तमाया बि.क.को घरमा साङ्लोले बाधेर बस्न बाध्य थिए । त्रियुगा नगरपालिकाले बिरामीलाई मानव सेवा आश्रम हेटौडा पुराउन सवारी साधनको व्यावस्था गर्नुको साथै मानव सेवा आश्रममा सहजिकरण गरेर उपचार गर्ने व्यावस्था मिलाईएको नगरपालिकाका उपप्रमुख महेश्वरी राईले जानकारी दिनुभयो ।
उपचार गर्न आर्थिक अबस्था ज्यादै न्युन भएकाले उपचार अभावमा साङ्लोले बाधिएरर रहनु परेकाे बेला समाजसेवी भागवत राउत र उपप्रमुख मशेश्वरी राईको सहयोगमा उपचार गनै हेटौंडा पठाईएको हाे ।
त्रियुगा नगरपालिका भित्र कोही पनी मानसिक विरामी उपचार अभावमा बस्नु नपरोस भनेर नगरपालिकाले विरामीहरुको तथ्याङ्ग संकलन गरेर नियमित उद्धार गर्ने कार्ययोजना बनाएको त्रियुगा नगरपालिकाले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका