ओखलढुंगा । ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा तोडफोड प्रयास भएको छ । ओखलढुंगा सदरमुकामबाट तलुवा सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा गोरुमारे भञ्ज्याङमा आन्दोलनकारीले सवारी तोडफोडको प्रयास गरेका हुन् ।
कोशी नाम सच्याउन माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरले मुख्यमन्त्री सवार गाडीको झन्डा भाँचेर फालेका छन् । उनीहरूले मुख्यमन्त्रीलाई कालोझन्डासमेत देखाएका थिए ।
पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदेशभर आन्दोलन भइरहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका