प्रधानमन्त्री प्रचण्डलाई दोस्रो पटक पनि विश्वासको मत प्राप्त, पक्षमा १७२, विपक्षमा ८९ मत

Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ।

सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिएका छन् भने १ जनाले मत दिएनन् । १० सांसद अनुपस्थित रहेका थिए ।

प्रतिनिधि सभाको आजको बैठकमा भएको मतदानमा २६२ सांसदले भाग लिएको सभामुख घिमिरेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डलाई एमाले र राप्रपाले मत दिएनन् भने नेमकिपा तटस्थ बसेको थियो । माओवादीसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीसहित स्वतन्त्र सांसदले प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

१० पुसमा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि २६ पुसमा विश्वासको मत लिनुभएको प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपाले समर्थन फिर्ता लिपछि पुन विश्वासको मत दिनुभएको हो । तत्कालीन गठबन्धन भत्किएर हाल नेपाली कांग्रेससहितको १० दलीय गठबन्धन बनेको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?