अव दुईचार दिन भित्रै सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री प्रचण्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उहाँले सञ्चारकर्मीमाझ २÷४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको हो ।

प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग भोली (मंगलबार) बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पार्नु भयो । उहाँले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अव आराम ढंगले सरकारले काम गर्ने दावी समेत गर्नु भयो । प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘अव आज विश्वासको मत प्राप्त भईसकेपछि भोली विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमती भएको छ । सबैसँग बसेर २/४ दिन भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ । भारत भमणको टुंगो छैन । सायद यो महिनाको अन्त्य तिर वा अर्को महिनाको सुरुवातमा हुन सक्दछ । जति भयो त्यो चाँही पर्याप्त छ । अव आरामसँग सरकार चल्छ । अव विकास, निर्माणको कामले गति लिन्छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चैत्रको अन्तिम हप्ता वा बैशाख पहिलो हप्ता भित्र हुन सक्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?