सभामुख घिमिरेले विवादास्पद अभिव्यक्ति फिर्ता लिनुभयोः पत्रकार महासंघ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पष्ट अभिव्यक्ति फिर्ता लिनु भएको जनाएको छ ।

सोमबार अपरान्ह नेपाल पत्रकार महासंघका पदाधिकारीहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएको बताउनु भएको हो ।

गत चैत्र ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरु विक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उहाँ विवादमा पर्नु भएको थियो । पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिमिरेले आफूहरुसँगको भेटमा सच्याउनु भएको नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘सम्माननीय सभामुखज्यूले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आफू पूर्ण प्रतिवद्ध रहेको बताउनु भएको छ । यो भन्दा अगाडि एउटा दुर्घटनाबस गरिएको टिप्पणीलाई संसद सचिवालय अथवा सम्माननीय सभामुखको तर्फबाट सच्याउनु भएको छ । र, नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जुन संविधानमा प्रत्याभूत भएको छ । त्योप्रति संसद र आफू पूर्ण रुपमा प्रतिवद्ध भएको जानकारी गराउनु भएको छ । सम्माननीय सभामुखज्यू र नेपाल पत्रकार महासंघको बीचमा यही छलफल भयो । र, यो विषयलाई यही टुंग्याउने निर्णय पनि गरेका छौं ।’

त्यस अवसरमा सभामुख घिमिरेले नेपाल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सिंगो संघीय संसद र आफू प्रतिवद्ध रहेको पनि बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे सडकमा सिठी फुकेर मात्र ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरण गर्न सकिँदैन :… सम्पर्कविहीन पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत फेला ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रस्ताव सुनको मूल्य तोलामा चार हजार आठ सयले बढ्यो, आज कतिमा हुँदैछ काराेबार… सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौं : रवि लामिछाने सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला भएको छैन, तर केही छनक देखिनुपर्थ्यो :… विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड र ४४ नयाँ गाडी सार्वजनिक हुँदै