जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

रौतहट । रौतहटमा जंगली हात्तीको आक्रमणमा एक महिलाको मृत्यु भएको छ । चन्द्रपुर धन्सार सडकखण्डअन्तर्गत जंगलमा घाँस काट्न गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

सोमबार बिहान साढे ९ बजेतिर घाँस काट्न गएकी चन्द्रपुर नगरपालिका(४ बस्ने ४९ वर्षीया मिना मगरलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो । हात्तीको आक्रमणबाट मगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

हात्तीको आक्रमणपछि घटनास्थलमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिलकुमार कर्ण, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटालगायत पुग्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?