नेपाल-भारत साहित्य महोत्सव सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । विराटनगरमा भइरहेको तीन दिने नेपाल-भारत साहित्य महोत्सवसम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा भएको महोत्सव १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

नेपाली साहित्यिक पुस्तक हिन्दी भाषामा र हिन्दी साहित्यका पुस्तक नेपाली भाषामा अनुवाद गरी दुवै देशको साहित्यलाई एक-अर्को देशमा प्रवद्र्धन गर्नेगरी १० बुँदे घोषणापत्र जारी गरिएको हो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्य महोत्सवको समापन गर्दै भाषा, साहित्य, कला र संस्कृतिका माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने बताउनुभयो । महोत्सवमा नेपालका सातवटै प्रदेशसहित भारतका सबै राज्यबाट ३५० बढी साहित्यकारहरूको सहभागिता रहेको जनाइएको छ ।

महोत्सवमा कृति विमोचन, विभिन्न विषयमा बहस, अनुवाद साहित्यमाथि विमर्श, बहुभाषी गजल, मुक्तक, चारु, लघुकथा, कवि गोष्ठीसमेत सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?