सुवेदीको ‘फर्किंदैछु म परदेशी’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । गीतकार प्रकाश सुवेदीको गीत ‘फर्किंदैछु म परदेशी’ सार्वजनिक भएको छ । शिशिर योगीको स्वर र संगीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

आफ्ना हरेक गीतमा एक किसिमको कथा बुन्न माहिर प्रकाशले प्रस्तुत गीतमा मध्यमबर्गीय परिवारमा जन्मिएर थप समृद्धिका लागि विदेशिएको एकजना मध्यम खालकै कमाई भएको पात्र उभ्याएका छन् ।

परदेशीलाई बाबुआमाको काख, श्रीमतीको साथ र आफन्त र साथीभाइको मायाको सामीप्यता र अभाव सधैं खड्किएको हुन्छ । यस गीतको संगीत संयोजन साहस शाक्य, ध्वनि सम्पादन साजन शाह र लिरिकल भिडियो सम्पादन वीरेन्द्र भाट्ट ‘विपिन’ले गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?