स्प्यारो एसएमएसको १३ औँ वार्षिकोत्सव

Read Time = 2 mins

काठमाडौं । स्प्यारो एसएमएसले १३औँ वार्षिकोत्सव मनाएको छ । स्प्यारो एसएमएसले एसएमएसमार्फत् एसएलसी रिजल्ट दिनेलगायत हाल अन्य धेरै सेवा प्रदान गर्दै आएको छ । जानकी टेक्नोलोजी प्रालिद्वारा सन् २०१० मा स्थापना भएको स्प्यारो एसएमएसले ‘पावर अफ टेक्स’ नारासहित एसएमएस सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले हाल एकैपटकमा धेरै संख्याका एसएमएस पठाउने कामका साथै राकुटेन भाइबरसँग साझेदारी गरेर नेपाली व्यवसायलाई भाइबर बिजनेस मेसेजिङ प्लेटफर्म पनि उपलब्ध गराउँदै आएको छ । जसले गर्दा अन्य देशमा व्यवसाय प्रवद्र्धन गर्न सहज हुने कम्पनीको दाबी छ ।

कम्पनीले भ्वाइस ब्रोडकास्टिङ र मिसकल मार्केटिङ सेवा पनि प्रदान गर्दै आएको छ भन ‘मेक इन नेपाल स्वदेशी’सँग पनि सहकार्य गरेको छ । १३औँ वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले कम्पनीका ग्राहक तथा साझेदारप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । सो अवसरमा कम्पनीले विभिन्न अफर पनि ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?