काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले चैत ११ र १२ गते आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलनको तयारी पूरा भएको छ । सिएनआई महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा हुने अन्तर्राष्ट्रिय सम्मेलनको तयारीबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
कोरोना महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कोरोनाका कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको रहेको सिएनआईका उपाध्यक्ष निर्वाण चौधरीले बताउनुभयो ।
सम्मेलनमा लैंगिक समानताका विषयसहित महिला नेतृत्वबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाका सफलता सुनाउने, महिलालाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने उहाँले बताउनुभयो । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने सिएनआई महिला उद्यमी मञ्च सभापति छायाँ शर्माले बताउनुभयो ।
उहाँले विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायत क्षेत्रका व्यक्तित्वको सहभागिता रहने जानकारी दिनुभयो ।
आयोजकका अनुसार सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्याउने दुई महिलालाई सम्मान गरिनुका साथै उद्यमशीलता प्रवद्र्धनका लागि महिला उद्यमीबाट उत्पादित स्वदेशी वस्तु प्रदर्शनीसमेत गरिनेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका