समीरको कोरोनातन्त्र बजारमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लेखक तथा साहित्यकार रवीन्द्र समीरको १३औं पुस्तकको रूपमा कोरोनातन्त्र प्रकाशित भएको छ । लघुकथा विधाका सर्जक समीरको यो दशौं लघुकथा संग्रह हो । कोरोनातन्त्र सूत्र उपन्यासभित्र एक सय एकवटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् ।

कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चित, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सूत्रात्मक रूपमा पुस्तकमा समेट्नु भएको छ ।

कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएको छ । आँखाले देख्न नसकिने कोरोना भाइरसले कोरोनातन्त्रको नाममा कसरी शासन ग¥यो भन्ने बिम्बलाई पुस्तकमा सुललित रूपमा लेखिएको छ । इण्डिगो इन्कले बजारमा ल्याएको यो पुस्तक महामारीको जीवन्त दस्ताबेजको रूपमा रहने विश्वास गरिएको छ । कोरोनातन्त्र उपन्यासमा उनले कोरोनाको वैश्विक महामारीका अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण ब्यंग्य गगर्नुभएको छ । कोरोनातन्त्र वर्तमान तथा भावी पुस्ताका लागि संग्रहणीय उपन्यास हो ।

एक दर्शन बढी पुस्तक लेख्नु भएका लेखक समीरले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, रमेश विकल समाजसेवा सम्मान, साहित्य सन्ध्या पुरस्कार, नेपाल विद्याभूषण पदकलगायत दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवं सम्मान प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?