काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दैछ ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको बैठक आज (मंगलबार) बस्न लागेको हो ।
विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठन लगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको हो । बैठक पार्टी कार्यालयमा दिउँसो १२ः३० बजे बस्नेछ ।
जसपाले चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ । जसपाले चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरे अनुसार त्यसको तयारीका लागि आज बैठक बोलाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच