उदयपुरको ग्रामिण क्षेत्रका अधिकांस महिलामा पाठेघर र आँखाको समस्या

हिमालय टाइम्स
Read Time = 2 mins

-सरोज निरौला

उदयपुर । उदयपुरको ग्रामिण क्षेत्रका अधिकांस महिलामा पाठेघर र जेष्ठ नागरिकमा आँखाको समस्या देखिएको छ ।

वर्ल्ड नेवर्स, रौतामाई गाउँपालिका, १ नम्बर वडा कार्यालय, मदन भण्डारी आँखा अस्पताल र जिल्ला अस्पतालको सहयोग तथा समन्वयमा मानव अधिकार र वातावरण विकास केन्द्र हुरेण्डेक उदयपुरले आयोजना गरेको शिविरमा यस्तो समस्या देखिएको हो ।

शिविरमा स्वास्थ्य परीक्षण गरेका चार सय दुई जना मध्ये ८० प्रतिशत महिला र जेष्ठनागरिकमा पाठेघर खस्ने, मोतियाबिन्दु हाडजोर्नीको समस्या देखिएको छ। महिला स्वास्थ्य सेवा लिन आएका एक सय १० जना धेरैको पाठेघर समस्या देखिएको छ। उपचारमा संम्लग्ने प्रसुतिरोग विशेषज्ञ डाक्टर रितेशराज कणर्ले बताउनुभयाे ।

जटिल प्रकृतिका तीन जनाको तत्काल अप्रशेन गर्नु पर्ने देखिएको छ भने धेरै जनाको रिङप्रेशरी राख्ने, पाठेघरको मुखमा मासु पलाएकाहरुको निकाल्नु पर्ने, सफा गर्नु पर्ने जस्ता समस्या छन।

आँखा रोगतर्फ ९९ सय जना महिला र ५० पुरुष गरी १ सय ४९ ले सेवा लिएका छन । त्यसमध्ये ३७ जनामा मोतियाबिन्दु देखापरेको र ६० जनाको आँखा कमजोर रहेकाले चस्मा लगाउन चिकित्सकले सुझाब दिएको शिविरमा रहेका मदन भण्डारी आँखा अस्पतालका कोषाध्यक्ष कुमार घिमिरेले जानकारी दिनुभयाे ।

गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्र थापाले दुरदराजमा रहेकाहरुको स्वास्थ्य सेवामा पहुँच कमजोर रहेको बताउनुभयाे । उहाँले स्वास्थ्य चौकीमा मेडिकल अधिकृत एमविविएस पठाउने सरकारको नीति कार्यान्वयन भए मात्र उपचार सेवा प्रभावकारी हुने बताउनुभयाे ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?