दाङबाट २० किलो जंगली जनावरको सुकुटीसहित एक ब्यक्ति पक्राउ

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । दाङमा जंगली जनावरको २० किलो सुकुटी बोकेर हिडिरेहका एक ब्यक्तिलाई प्रहरीले पक्राउ परेका छन् ।

राजपुर गाउँपालिका ७ निवासी ४९ वर्षीय कमानसिंह विकले जनावरको सुकुटी बोकेर हिडिरहेको सूचना पाएपछि खोजतलास गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमका अनुसार प्लाष्टिकका दुई वटा बोरामा सुकुटी लिएर हिडिरेहका विकलाई राजपुर गाउँपालिका ५ नौसरा नजिकै हुलाकी राजमार्गबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका विकलाई अनुसन्धानकालागि बन डिभिजन कार्यालय लमहीमा बुझाईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?