करणसहित तीन खेलाडी सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । भूतपूर्व खेलाडी मञ्च पोखराले सिनियर टोलीका क्रिकेटर करण केसीसहित यू-१९ का सुवास भण्डारी, अर्जुन कुमाल र दीपक डुम्रेलाई मंगलबार पोखरामा नगदसहित सम्मान गरेको छ ।

मञ्चले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै बागलुङका केसीलाई सम्मान गरेको हो । यस्तै, यू-१९ विश्वकपमा छनोटमा पुर्‍याउने टोलीका सदस्यत्रय कास्कीका सुवास भण्डारी, अर्जुन कुमाल र नवलपुरका दीपक डुम्रेलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको थियो ।

आइसिसी विश्वकप लिग २ का खेलमा केसीले कुल ५० विकेट लिंदै सानदार प्रदर्शन गर्नुभएको थियो । उहाँलाई मञ्चले २० हजार रुपैयाँसहित सम्मान गरेको हो । त्यस्तै, सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएका यू-१९ का तीनजना खेलाडीलाई मञ्चले जनही पाँच हजारका दरले नगदसहित सम्मान गरेको हो ।

सोही अवसरमा पोखरा क्रिकेट एकेडेमीले पनि चारजना खेलाडीलाई जनही पाँच हजार रुपैयाँका दरले सम्मान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?