आसिफलाई स्पिरिट अफ द क्रिकेट अवार्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका युवा विकेटकिपर आसिफ शेखले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले प्रदान गर्ने सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ जित्नुभएको छ ।

आसिफले इंग्ल्याण्डका बेन स्टोक्स र जस बटलरलाई पछि पार्दै यो अवार्ड जित्नुभएको हो । आसिफले २०२२ को टी-२० विश्वकप छनोटमा आयरल्याण्डविरुद्ध देखाएको खेल भावनाका कारण इंग्ल्याण्डका दुई स्टारलाई पछि पार्दै उक्त अवार्ड जित्नुभएको हो ।

एमसिसी र बिबिसीले इतिहासमा पहिलोपटक मनोनयन सार्वजनिक गर्दै आसिफलाई उक्त अवार्ड प्रदान गरेका हुन् । गत वर्ष अल अमरेत क्रिकेट मैदानमा आयरल्याण्डविरुद्ध तीव्र गतिका बलर कमलसिंह ऐरीको १९औँ ओभरको तेस्रो बलमा मार्क आदिरले एक रन लिनेक्रममा नन स्ट्राइकबाट दौडिएका एन्डी म्याकबर्नी कमलसँग अल्झिएर लड्न पुग्नुभएको थियो ।

पुनः उठेर क्रिजतर्फ दौडिँदा मध्य भागमा पुग्नुभएका उहाँलाई सहजै रन आउट गर्ने अवसर आसिफ अघि थियो तर आसिफले रन आउट नगर्दै खेल भावना देखाएको कुरा विश्व क्रिकेटमा प्रशंसित भएको थियो । सोही कारण आइसिसीले पनि आसिफलाई स्पिरिट अफ द क्रिकेट इयर २०२२ अवार्ड प्रदान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?