पारसको टोली च्याम्पियन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिग मास्टर्सको उपाधि जितेको छ । दुबईमा सोमबार राती भएको फाइनलमा एसियाले वल्र्ड जायन्ट्सलाई सात विकेटले हराउँदै च्याम्पियन बनेको हो । जितका लागि १४८ रनको विजयी लक्ष्य पछ्याएको एसियाले १६.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । एसियाको जितमा ओपनर तिलकरत्ने दिलशानले ४२ बलमा ८ चौकासहित ५८ रनको अर्धशतकीय पारी खेल्नुभयो । उपुल थरंगा २८ बलमा ५ चौका र ३ छक्कासहित ५७ रनमा आउट हुनुभयो ।

पहिलो विकेटका लागि थरंगा र दिलशानले १० ओभरमा ११५ रनको सानदार शतकीय साझेदारी गर्दै जित दिलाउनुभएको थियो । त्यसबाहेक मिस्बाह उल हक र मोहम्मद हफिज ९-९ रनमा अविजित रहनुभयो । जायन्ट्सका ब्रेट ली, स्मित पटेल र मोन्टी पनेसारले एक÷एक विकेट लिनुभयो ।

त्यसअघि दोहामा टस जितेर पहिला ब्याटिङ रोजेको जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । दक्षिण अफ्रिकी महान् अलराउण्डर ज्याक्स कालिसले ५३ बलमा ५ चौका र ३ छक्कासहित ७६ रन बनाउन सक्नुभयो ।

न्युजिल्याण्डका रस टेलरले ३३ बलमा ३ चौकासहित ३२ रन बनाउनुभयो । ओपनर लेन्डल सिमन्स १६ बलमा १ चौका र १ छक्कासहित १७ रनमा रन आउट हुनुभयो । एसियाका अब्दुर रजाकले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिनुभयो । थिसेरा परेराले एक विकेट लिनुभयो ।

नेपालका पारस खड्काको भने ब्याटिङ र बलिङ दुवै अवसर आएन । पारसले प्रतियोगिताभर ६ खेलमध्ये ५ खेलमा मैदान उत्रँदा दुई खेलमा मात्रै ब्याटिङ गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?