काठमाडौं । भारतको नयाँदिल्लीमा जारी आइबिए महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालकी अञ्जली टेलीले ५२ केजी तौल समूहमा हैटीकी खेलाडी क्याटरिन मारिया स्टालिङलाई ५-० अंकले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल हुनुभएको छ ।
नेपाल अब विश्व च्याम्पियनसिप पदकका लागि एक जितमात्र टाढा छ । खेलको पहिलो राउण्डमा पाँचजना जजहरूले अञ्जलीका पक्षमा निर्णय दिनुभएको थियो । दोस्रो राउण्ड खेल मारियाको पक्षमा गएको थियो तर तेस्रो तथा अन्तिम राउण्डमा मारियामाथि अञ्जली हावी हुँदै खेल ५–० अंकले आफ्नो पक्षमा पार्न सफल हुनुभएको थियो । अब अञ्जलीले मार्च २२ तारिखमा बेलारुसकी खेलाडी युलिया अपनासोमिचसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।
यसअघि नेपालका लागि पदकको आश गरेकी सुष्मा तामाङ ४८ केजी तौल समूहमा बुल्गेरियाका खेलाडीसँग ३-४ अंकको झिनो अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनुभयो । संगीता सुनारले ६० केजी तौल समूहमा अष्ट्रेलियाका खेलाडीसँग ४-१ को अन्तरले हार बेहोर्नुभयो । ७० केजी तौल समूहमा नेपालकी सरस्वती राना सर्वियाकी खेलाडीसँग ५-० अंकले पराजित हुनुभयो ।
त्यस्तै, मिनु गुरुङ ५४ केजी तौल समूहमा थाइल्याण्डसँग, ५७ केजी तौल समूहमा चन्द्रकला थापा भेनेजुएलाकी खेलाडीसँग र ५० केजी तौल समूहमा अस्मित दुवाल बोत्स्वानाकी खेलाडीसँग ५-० अंकका आधारमा पराजित हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच