निफमा प्रदीप र दीयालाई उत्कृष्ट नायक-नायिकाको अवार्ड

Read Time = 2 mins

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)नेपाली चलचित्रतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सम्पन्न भएको छ । नेपाली चलचित्रतर्फ चलचित्र प्रकाशबाट प्रदिप खड्का र दीया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित हुनुभएको छ ।

समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले चलचित्रको महत्वमाथि प्रकाश पार्दै भन्नुभयो, ‘चलचित्रले डिप्लोम्यासी रोल गर्छ ।’ उहाँले निफलाई सक्दो सहयोग गर्ने वचनसमेत दिनुभयो । समापन कार्यक्रममा अभिनेत्री गौरी मल्ल, प्रियंका कार्की, नम्रता श्रेष्ठ चलचित्रकर्मीहरू प्रकाश सायमी, प्रदीप कार्की एवं धेरै नाम चलेका चलचित्रकर्मीको उपस्थिति थियो ।

निफका अध्यक्ष केपी पाठकले निफ सफलताको कथा सुनाउनुभएको थियो । उहाँले आगामी निफ अझ शसक्त रूपमा सम्पन्न गर्ने बताउनुभयो । ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रतियोगी रहेको फेष्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो ।

पाँच दिनसम्म चलेको निफमा नौवटा सेसन र तीनवटा मास्टर क्लास सम्पन्नभएका थिए । प्रो.डा.इतामी ब्रोजन (क्रोसिया), प्रेमेन्द्र मजुमदार (भारत) र लि. रान (चाइना)ले मास्टर्श क्लास सञ्चालन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?