सुदीक्षा मिस र उषालाई मिसेस ब्युटिफुल नेपालको उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । दक्ष इन्टरटेन्मेन्ट प्रालिको आयोजनानमा राजधानीमा सम्पन्न एन प्लस मिस एण्ड मिसेस ब्युटिफुल नेपाल सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । पूर्वमन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा सुदीक्षा बज्राचार्यले मिस ब्युटिफुल नेपाल २०२३ को उपाधि चुम्न सफल हुनुभयो । उहाँले प्रमुख उपाधिसँगै मष्ट ट्यालेन्टेड र पङ्चुअलको उपाधि पनि प्राप्त गर्नुभयो ।

प्रतियोगितामा सन्तोषी रावल फष्ट रनर्सअपका साथ मष्ट पपुलर र वेष्ट हेयर, विष्णु गुरुङ सेकेण्ड रनर्सअपका साथ वेष्ट डान्सर तथा आर्जु खड्का थर्ड रनर्सअपका साथ वेष्ट स्किन हुनुभयो । प्रतियोगितामा माया खड्का भ्युअर्स च्वाइस, सृष्टि ढकाल वेष्ट पर्सनालिटी र वेष्ट ¥याम्पवाक, माया बुढाथोकी मष्ट डिस्प्लिेन, विपना भट्टराई मष्ट फोटोजेनिक तथा ज्योती गिरी मल्टी मिडिया च्वाइस र वेष्ट स्पिच उपउपाधि विजेता हुनुभयो ।

अश्विनी झाको कोरियोग्राफीमा भएको प्रतियागितामा उषा हमालले एन प्लस मिसेस नेपालका साथमा मष्ट पपुलर र वेष्ट पर्सनालिटिको उपाधि चुम्नुभयो भने सुनीता पानहांगो लिम्बू फष्ट रनर्सअपका साथमा मष्ट पंचुअल, माया लामा सेकेन्ड रनर्सअपका साथमा वेष्ट ¥याम्पवक र मल्टिमिडिया च्वाइसको अवार्ड चुम्दा विद्या श्रेष्ठ भ्युअर्स च्वाइस र वेष्ट स्पिच, नुमा शेर्पा मष्ट फोटोजेनिक र वेष्ट सिंगर तथा अनुराधा पाठक मष्ट ट्यालेन्टेड उपउपाधि विजेता हुनुभयो ।

कार्यक्रममा नायक रमेश उप्रेती, मिडिया व्यवसायी हरिशरण सुवेदी, सौन्दर्यकर्मी मञ्जु खत्री, मन्दिरा खड्का हायुः प्रमिला सिलवाल, एलिजा पुडासैनी, मोडल ममता खड्का, सहकारीकर्मी युवा उद्यमी कमला चुदारा, देवीमाया आचार्य, समाजसेवी सरिता भट्टराई, शेर खान, पत्रकार सुमन वैरागी, किरणप्रसाद अधिकारी, गीतकार अमर श्रेष्ठ, कलाकार बालकृष्ण पोखरेल, गायक भरत समारी र सौन्दर्यकर्मी टीका पुनलाई सम्मान गरिएको कार्यक्रमका अध्यक्ष टेकराज पाण्डेले जानकारी गराउनुभयो । कार्यक्रमको म्यानेजरमा गीता उप्रेती रहनुभएको थियो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?