वल्र्डलिंकले भित्र्यायो दुई अर्ब लगानी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वल्र्डलिंकले बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट (बिआएआई) र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डिआइएफ आइआई)बाट संयुक्तरूपमा झण्डै दुई अर्ब अर्थात् एक अर्ब ९८ करोड लगानी प्राप्त गरेको छ ।

ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टकर्ताबाट ८.४ मिलियन डलर अर्थात् एक अर्ब आठ करोड नेपाली रुपैयाँ र डोल्मा इम्प्याक्ट फण्डबाट ६.१ मिलियन डलर अर्थात् ९० करोड नेपाली रुपैयाँ बराबरको लगानी प्राप्त गरेको हो । जुन इन्टरनेट क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो लगानी रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात् एक अर्ब ३५ करोड नेपाली रुपैयाँको ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टबाट लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात् तीन अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ ।

वल्र्डलिंकका सात लाख ५० हजारभन्दा बढी ग्राहक छन् भने हाल कम्पनीमा दुई हजार पाँच सय कर्मचारीले रोजगारी पाएका छन् ।
ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्न र कर्मचारीको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत पुग्ने कम्पनीले जनाएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?