माछापुच्छ्रे र पेट्रोल पम्पबीच सहकार्य

Read Time = 2 mins

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा तथा सचेतना कार्यक्रमसम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार एसोसिएसनसँग आबद्ध पेट्रोल पम्पले पिओएस र क्युआरलगायत अन्य डिजिटल भुक्तानी उपकरण प्रयोग गरी ग्राहकलाई बिक्री गरेको इन्धन खरिदको भुक्तानी डिजिटल प्लेटफर्ममार्फत् सरल र विश्वासिलो सुविधा प्रदान गर्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले ग्रिन इकोनोमीलाई टेवा पुर्‍याउने बैंकको रणनीतिअनुरूप बैंकले विभिन्न संघसंस्थासँग समन्वय गरी डिजिटल कारोबारको सम्झौता गर्दै आएको बताउनुभयो । साथै उहाँले वास्तविकरूपमा डिजिटल्ली स्मार्ट बैंक बन्ने दीर्घकालीन लक्ष्यसाथ बैंकले परिमार्जित र परिष्कृत डिजिटल सेवासुविधा तथा सचेतना कार्यक्रम प्रदान गरिरहेको पनि जानकारी दिनुभयो ।

एसोसिएसनका अध्यक्ष प्रधानले देशको वार्षिक झण्डै दुई खर्बको इन्धन कारोबारलाई डिजिटल कारोबारमा आबद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने बताउनुभयो । सम्झौतासँगै बैंकले विभिन्न चरणमा एसोसिएसनसँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरूमा डिजिटल सचेतना कार्यक्रमहरूसमेत सञ्चालन गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?