दुर्गम रहेन अब मलम्पार, पहरो छिचोल्दै पुग्यो बस

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । भीर, पहिरो र जंगललाई छिचोल्दै म्याग्दीको विकट र दुर्गम क्षेत्रमा पर्ने मलम्पारमा पहिलोपटक यात्रुबस पुगेपछि स्थानीय दंग परेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका-५ मा पर्ने मलम्पारमा आइतबार पहिलोपटक बस पुग्दा खुसी हुँदै गाउँलेहरूले बस र बसका चालकलाई फूलमाला लगाएर भव्य स्वागत गरे ।

यात्रु लिएर पहिलोपटक गाउँमा पुगेको ध१ख ११७ नम्बरको बस र चालक श्रीप्रसाद पुनलाई मलम्पारबासीले फूलमाला लगाएर स्वागत गर्दै खुसी साटासाट गरेका थिए । म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने दुर्गम धवलागिरि गाउँपालिकाको वडा नम्बर ६ मराङ-राम्चे, बुल हुँदै वडा नम्वर ५ को मलम्पारसम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेपछि यहाँका वासिन्दा खुसी भएका छन् ।

धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा बुल, मलम्पार हुँदै वडा नम्बर ५ को केन्द्र मल्कवाङ सडक सञ्जालमा जोडिएको हो । गत वर्ष मराङ हुँदै बुल र मल्कवाङदेखि दैडाडामा पुगेको सडकलाई यसपालि जोडेर वडा नम्बर ५ र ६ को चक्रपथ बनाइएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो । ‘मलम्पारबाट सडकलाई वडा नम्बर ६ को बुल जोडेर चक्रपथ बनाइएको छ,’ उहाँले भन्नुभयो, ‘मल्कवाङ-मलम्पार सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले २५ लाख र प्रदेश सरकारबाट १० लाख बजेट विनियोजन भएको थियो । यसपालिको बजेटबाट पाँच किलोमिटर नयाँ मार्ग निर्माण भएको छ ।’

सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङ सम्मको करिब एक घण्टा ३० मिनेटको बाटो २० मिनेटमै छोटिएको छ । मलम्पारका १५० घरधुरी यो सडकबाट लाभान्वित भएका वडा अध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।
मलम्पार र बुल सडक सञ्जालले जोडिएपछि वडा नम्बर ६ को मराङ-राम्चे-बुल हुँदै वडा नम्बर ५ को मलम्पार-मल्कबाङ हुँदै मराङबेशी जोड्ने चक्रपथ निर्माण भएको छ । मलम्पारका बासिन्दालाई दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न, सदरमुकाम, वडा कार्यालय र गाउँपालिका कार्यालय पुग्न सहज भएको छ । मलम्पारमा उत्पादन हुने आलु, सिमी, जडीबुटी र भेडाबाख्रा निकासी गर्न सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
काठमाडौं उपत्यकाका पाँच स्थानबाट एलपी ग्यास वितरण सुरु नुवाकोटमा बस र इभी भ्यान भिरबाट खसे एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गण्डकी प्रदेशमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्ने विधेयक… भोजपुरमा लाखे नाच संरक्षणमा जुटे युवा मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न सकेन : मुख्यसचिव कार्की इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु काठमाडाैंमा यी पाँच स्थानबाट आज ग्यास वितरण हुँदै चितवनमा १५ जनामा औलो रोगको सङ्क्रमण