उप निर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उप-निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ । आयोगले मंगलबार सूचना प्रकाशित गर्दै चैत ८ देखि १२ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य तनहुँ जिल्ला निर्वाचन क्षेत्र र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि हिजो सार्वजनिक सूचना जारी गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उहाँको पद बदर गरेपछि चितवन-२ रिक्त हुन पुगेको थियो भने तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि बारा-२ मा संसद् पद रिक्त छ ।

यसैगरी, तनहुँ-२ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ ।

आयोगका अनुसार आज (चैत ८ गते) देखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?