सुदूरपश्चिम विश्वविद्यालयका १० क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुँदै छ ।

केन्द्रीय क्याम्पससहितका ५ क्याम्पस बाहेक १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचनको मतदान हुन लागेको हो । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसमा पनि नयाँ स्ववियु नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।

यहाँ नेकपा एमाले सम्बद्व अनेरास्ववियु र नेकपा (एकीकृत समाजवादी) पार्टीको अनेरास्ववियूबीच चुनावी तालमेल भएको छ भने अन्य संगठनले एकल उम्मेदवारी दिएका छन् । अनेरास्ववियुका यमराज जोशी, नेविसंघका हरिश खत्री, अखिल क्रान्तिकारीका पवन सुनारसहितका ९ जनाको उम्मेदवारी छ ।

स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भएपनि आन्तरिक विवादका केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्ता हुन सकेन । केन्द्रीय क्याम्पसले अगामी २१ गते नयाँ मिति तय गरेको छ भने अन्य क्याम्पस छलफलमै रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?