अफगानिस्तानमा गएको भूकम्पले पाकिस्तानमा पहिरो, सयौँ घाइते

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

इस्लामावाद। अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी छिमेकी देश पाकिस्तानमामा समेत असर परेको छ ।

भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौँ जना घाइते भएका छन् भने भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको पाकिस्तानी समाचार संस्थाहरूले जनाएका छन् ।

उत्तरी पाकिस्तानको खाइबर पख्तुन्वा क्षेत्रमा भूकम्पबाट निकै ठुलो क्षति पुगेको छ । मुख्यतः भूकम्पपछि त्यस क्षेत्रमा पहिरो जाँदा बढी क्षति भएको हुन पुगेका छ ।

मंगलबार राति पौने ११ बजे पाकिस्तान र काजकिस्तानको सीमा क्षेत्र नजिक केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गए पछि भौतिक क्षति भएको हो । क्षतिको थप विवरण अझै आइसकेको छैन । यद्धपी, सो भूकम्पमा परी ११ जनाको मृत्यु भएको जनाइएको छ ।

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीदेखि चीन, काजकिस्तान, उज्बेकिस्तान, किर्गिस्तानलगायतका मुलुकमा महसुस भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?