झापा । झापामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
कमल गाउँपालिका-५ निवासी ४० वर्षीय चन्द्रबहादुर राईको बाेलेरोकाे ठक्करवाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति १० बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा राईको मृत्यु भएकाे हो ।
सो दुर्घटना गरी फरार रहेका बोलेरो चालक इलाम नगरपालिका-२ निवासी ३२ वर्षीय पेम्बा तामाङलाई भने प्रहरीले बुधबार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिएको छ ।
गाडीसहित पक्राउ परेका चालक तामाङलाई आवश्यक कारबाहीकाे प्रक्रिया अघि बढाईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच