दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना हुँदा ३ जनाको  घटनास्थलमै मृत्यु भएको छ ।

नेपालगञ्जबाट दैलेखतर्फ जाँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक आज विहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका-३ ताल पोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी, कामदारहरु २५ वर्षीय लक्षिराम चौचरी र २२ वर्षको विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले बताउनुभयाे ।

सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ । माथिल्लो मोडबाट तल्लो मोडमा खसेको ट्रकका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?