बारा २ उपनिर्वाचन : आफ्नो उम्मेदवारलाई सत्ता गठबन्धनले साझा उम्मेदवार बनाउनु पर्ने जसपाको माग

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी, नेपालले दाबी गरेको छ ।
पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाको दाबी रहने बताएको हो ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले बारा निर्वाचन क्षेत्र नम्बर २ सत्ता गठबन्धनबाट जसपाले पाउनुपर्ने दाबी गर्नुभयो ।

उहाँले बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने र त्यसमा आफ्नो पार्टीको हक लाग्ने बताउनु भयो । उहाँले आजको बैठकले उपनिर्वाचनका लागि आयोगले निर्धारित गरेको समयभित्र नै निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपनिर्वाचनका लागि निर्वाचन आयोगले वैशाख १० गते तोको छ । तनहुँ, चितवन र बारा निर्वाचन गराउने भनेको छ । त्यसको लागि आयोगले निर्धारित गरेको समयभित्र नै जनता समाजवादी पार्टीले दर्ता गराउने निर्णय गरेका छौँ । यही चैत्र २७,२८ र २९ गते तीन दिनको लागि हामीले काठमाडौंमा नै विधान अधिवेशन गर्ने निर्णय गरेका छौँ । त्यसका लागि विभिन्न जिल्ला लगायतमा रहेका विभिन्न समितिहरुलाई कसरी प्रतिनिधित्व गराउने भन्ने र अधिवेशनलाई व्यवस्थित गर्न रकम चेम्जोङ, विजय यादव र मनिष सुमनको तीन जनाको कार्यदल बनेको छ । अहिलेसम्म जनता समाजवादी पार्टीले बारा २ को उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन । तर हाम्रो पार्टीको निर्देशिकाले क्षेत्रिय समितिले प्रश्ताव गरेको निर्णयलाई हस्ताक्षर गर्नेछौँ । बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने भन्ने अपेक्षा छ । त्यसमा हाम्रो हक लाग्छ र हाम्रैतर्फबाट हुन्छ ।’

प्रवक्ता सुमनले बैठकले चैत्र २७,२८ र २९ गते तीन दिनको लागि काठमाडौंमा हुने विधान अधिवेशनलाई व्यवस्थित बनाउन रकम चेम्जोङ, विजय यादव र मनिष सुमन रहेको तीन जनाको कार्यदल बनाउने निर्णय गरेको पनि बताउनु भयो ।

उप निर्वाचनमा जसपालाई भय

बारा २ को उपनिर्वाचनबाट अध्यक्ष उपेन्द्र यादवलाई निर्वाचन लडाउने जसपाको तयारी छ ।

केही दिन अघि मधेश केन्द्रीत राजनीतिक अन्य तीन दल जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीबीच सहकार्य गर्ने निर्णय  बाहिरिएसँगै जसपा त्रसित बनेको छ । तीन दल एकातिर र अन्य दलहरुले आआफ्ना उम्मेदवार चुनावमा उठाए उप-निर्वाचनमा जसपाका उम्मेदवारलाई कठिन हुनसक्ने, देशीविदेशी शक्तिहरुले खेलेर उपेन्द्रलाई फेरि हराइदिनसक्ने भय जसपालाई छ ।

गत निर्वाचनमा सप्तरीबाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग यादप पराजित बन्नुभएको थियो । फेरि पनि सत्ता गठबन्धनमा रहेका मधेश केन्द्रीत तीन दलले सोही चलखेल गर्नसक्ने त्रास जसपालाई छ ।

यसैकारण पनि उसले सत्ता गठबन्धनबाट बारा २ को उपनिर्वाचनमा साझा उम्मेदवार त्यो पनि जसपाकै हुनु पर्ने भन्न थालेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?