बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आब्हान गर्नुभएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?