राष्ट्रपति पौडेल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।

राष्ट्रपतिमा निर्वाचित भएपछि चिनियाँ राजदूत सोङ बुधबार पौडेललाई भेट्न शीतल निवास पुग्नुभएको हो । राजदूत सोङले राष्ट्रपति पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो । उहाँहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।

राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले भेटमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोको विषयमा छलफल भएको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?