जितपुर सिमरा गोल्डकपको तयारी पूरा

हिमालय टाइम्स
Read Time = 2 mins

सिमरा । नवजागृति युवा क्लब सिमराद्वारा आजदेखि सञ्चालन हुने जगदम्बा १३औँ जितपुर सिमरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । सिमरा रंगशालामा यही २०७९ चैत १८ गतेसम्म हुने गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई १० लाख, द्वितीय हुनेलाई पाँच लाख, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल/स्कुटी पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो ।

गोल्डकपको मुख्य प्रायोजक जगदम्बा स्टिल सिमरा पावर्ड बाई जगदम्बा मोटर्स तथा मुख्य सहयोगी जितपुर सिमरा उपमहानगरपालिका रहेका छन् ।

प्रतियोगितामा विधागत पुरस्कार २० हजार, म्यान अफ द म्याच १० हजार र स्थानीय उदीयमान खेलाडीलाई १५ हजार पुरस्कार प्रदान गरिने भएको छ । फुटबल प्रतियोगितामा गत वर्षको विजेता एनआरटी, गत वर्षको उपविजेता एपिएफ, हिमालयन शेर्पा क्लब, ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, केबिए ग्लोबल, बिएएफसी चितवन, मकवानपुर-११ हेटौँडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक क्लबसमेत गरी १० वटा टिमले भाग लिनेछन् । प्रतियोगिता सञ्चालन गर्न एक करोड ६ लाख ७७ हजार लाग्ने आयोजकले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?