एम्बाप्पे फ्रान्सका कप्तान घोषित

Read Time = 1 min

पेरिस । केलियन एमबाप्पे फ्रान्सको राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा नियुक्त हुनुभएको छ । हृयुगो लोरिसले गत जनवरीमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि फ्रान्सले रिक्त रहेको कप्तान पदमा एम्बाप्पेलाई नियुक्त गरेको हो ।

२४ वर्षीय एमबाप्पेले सन् २०१७ मा सिनियर डेब्यु गरेदेखि फ्रान्सका लागि ६६ खेल खेल्दा ३६ अन्तर्राष्ट्रिय गोल गरिसक्नुभएको छ । फ्रान्सेली फुटबल महासंघ (एफएफएफले मंगलबार सामाजिक सञ्जालमा एम्बाप्पेलाई कप्तान र एथ्लेटिको मड्रिडका फरवार्ड एन्टोइन ग्रिजम्यानलाई उपकप्तानमा नियुक्त गरेको पुष्टि गरेको हो ।

एम्बाप्पेले गत वर्षको विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्नुभएको थियो । कतार विश्वकपमा उहाँले आठ गोल गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?