थ्री स्टारलाई हराउँदै सुदूरपश्चिम तिलोत्तमा गोल्डकपको फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । थ्री स्टार क्लबलाई हराउँदै सुदूरपश्चिम ११ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बुधबार भएको खेलमा थ्री स्टारलाई १-० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिमले फाइनल यात्रा तय गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ८७औं मिनेटमा सुदूरपश्चिमका फागुराम थारुले टिमको जितका लागि निर्णायक गोल गर्नुभएको थियो । अब सुदूरपश्चिमले उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र फ्रेन्डस क्लबबीचको विजेतासँग खेल्ने छ । यी दुईबीच बिहीबार सेमिफाइनल खेल हुने छ ।

दुई विभागीयसहित आठ टिमले प्रतिस्पर्धा गरेको तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १११ तथा दोस्रो हुने टोलीले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् । गोल्डकपको फाइनल प्रतिस्पर्धा चैत ११ गते हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?