थप नौ हजार कर्मचारी कटौती गर्दै अमेजन

Read Time = 1 min

सान फ्रान्सिस्को । अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एण्डी जसीले नौ हजार कर्मचारी कटौती गर्ने कम्पनीको योजना सोमबार घोषणा गरेका हुन् । एक ब्लग पोष्टमा उहाँले कर्मचारी कटौतीबाट कम्पनीको क्लाउड सेवा, विज्ञापन र ट्विच एकाइमा असर पर्ने उल्लेख गर्नुभएको छ ।

यसअघि, अमेजनले १८ हजार कर्मचारीको जागिर कटौती गर्ने घोषणा गरेको थियो । कुन विभागका कर्मचारी कटौतीमा पर्ने भन्ने निर्णय भइनसकको जनाउँदै एण्डीले आगामी एप्रिलको मध्यसम्ममा निर्णय कार्यान्वयन हुने बताउनुभएको छ । अमेजन विश्वको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी मध्येको एक हो । विश्वभर करिब १५ लाख कर्मचारी अमेजनमा आबद्ध छन् । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?