जनकपुरधाम ११ का वडाध्यक्ष र सचिव घुससहित पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम । केहिबेर अगाडि जनकपुर उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष र सचिव घुसको रकम सहित एक होटलबाट पक्राउ परेको खबर छ।

जनकपुरको विवाह मण्डप पछाडि रहेको रोहन होटलबाट सो वडाका वडा अध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस सहित पक्राउ परेका हुन् ।

सेवाग्राहीबाट घुस लिएलगत्तै उनी दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले पक्राउ गरेको हाे ।

अख्तियारका डिएसपी शुभाष राय नेतृत्वको टोलीले उनीहरु दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

थप विवरण आउन बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?