‘प्रसाद-२’को ‘मार्सी धान’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘प्रसाद-२’को गीत ‘मार्सी धान’ सार्वजनिक गरिएको छ । यही चैत २४ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द एवं संगीत छ । लोकलयमा तयार पारिएको गीतको भिडियोलाई विक्रम स्वाँरले कोरियोग्राफी गर्नुभएको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीका साथै आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठीलगायत कलाकार मुख्य भूमिका हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?