फोटोग्राफीमा रोशन

Read Time = 6 mins

काठमाडौं । अहिलेको प्रतिस्पर्धाको युगमा फोटोपत्रकारहरूको भिडमा पृथक पहिचन बनाउन सफल नाम हो रोशन सापकोटा । माता लक्ष्मीमा सापकोटा तथा पिता कमलनाथ सापकोटाको कोखबाट लम्जुङ जिल्ला भोटेओडार-८ ‘हाल गण्डकी प्रदेशको सुन्दरबजार नगरपालिका-९ भोटेओडार’मा विक्रम सम्वत २०४४ कात्तिक २१ गते सामान्य किसान परिवारमा जन्मिनुभएका रोशन बाल्यकाल गाउँकै निजी विद्यालयमा र पछि सशस्त्र माओवादी द्वन्द्वका कारण निजी विद्यालय हुँदै कक्षा ६ देखि सरकारी विद्यालयमा उहाँको पठनपाठन भएको थियो ।

कक्षामा जहिले पनि टप फाइभभित्र पर्दै आउनुभएका रोशनले भक्ति नमुना माध्यमिक विद्यालयबाट विसं २०६० सालमा एसएलसी उत्र्तीण गर्नुभएको हो । उच्च शिक्षाका लागि काठमाडौं भित्रिनुभएका रोशन पढाइका साथै फुर्सदका समय काम पनि गर्नुहुन्थ्यो । नेपाल समाचारपत्रको बजार व्यवस्थापकको रूपमा सञ्चारगृहमा उपपिस्तथि जनाउनुभएका रोशन यतिबेला राष्ट्रिय समाचार समितिमा फोटो पत्रकारको रूपमा कार्यरत हुनुहुन्छ ।

‘व्यावसायिक रूपमा फोटो पत्रकारिता गर्नेलाई त नौलो खोज तथा उपायको जरुरत पर्ला तर सामाजिक सञ्जालमा पोष्ट गर्नमात्रै प्रस्तुत गर्नेका लागि भने त्यो अर्काे सौखको विषय बन्न सक्छ भने यसले कतिपय सामाजिक सञ्जालमा छिटो फोटो पोष्ट गर्ने होडबाजीले गर्दा नकरात्मक पक्षलाई पनि समेट्ने गरेको पाइन्छ यसमा सुधार ल्याउनुपर्छ ।’

२०६१ सालमा नेपाल सरकारबाट मान्यता प्राप्त रहेको नेपाल फोटोग्राफी तालिम केन्द्रबाट ६ महिने फोटोग्राफी र भिडियोग्राफी तालिम लिएपछि व्यावसायिक रूपमा फोटोपत्रकारिता सुरु गर्नुभएका रोशन आफ्नै पहिचान बनाउन सफल हुनुभएको छ ।

सगरमाथा टेलिभिजनमा झण्डै आठ वर्ष श्रव्यदृश्यसम्बन्धी काम गर्नुभएका रोशनले विभिन्न पत्रपत्रिकामा फोटोग्राफीको रूपमा काम गर्दै २०७१ सालबाट राष्ट्रिय समाचार समितिमा फोटोपत्रकारको रूपमा नियुक्ती भएर काम सुरु गर्नुभएका उहाँले राष्ट्रिय समाचार समितिको ५५औं वार्षिकोत्सव २०७२ साल फागुन ७ गते आयोजित समारोहमा फोटोग्राफी विधातर्फ नगदसहित उत्कृष्ट पुरस्कारबाट पुरस्कृतसमेत हुनुभएको भएको थियो ।

सामाजिक, राजनीतिक, आर्थिक, खेलकुद, मनोरञ्जनलगायत विधामा रहेर फोटो पत्रकारिता गर्दै आइरहनुभएका रोशनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अफिसियल फोटोग्राफरको रूपमा काम गर्ने क्रममा प्रधानमन्त्री देउवासँग छिमेकी मित्रराष्ट्र भारतको पाँच दिने राजकीय भ्रमणमा फोटो संकलनका लागि राष्ट्रिय समाचार समितिले उहाँलाई भ्रमण दलमा संलग्न हुने अवसर प्रदान गरेको थियो । राससको ५७औं वार्षिकोत्सवमा उहाँले सर्वोत्कृष्ट फोटोग्राफी पुरस्कार पाउनुभएको छ ।

नेपालभरिबाटै सर्वोत्कृष्ट फोटो संकलन गरेकाले इण्डोनेसियाको जार्कतामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगितामा राष्ट्रिय समाचार समितिबाट फोटो संकलनका लागि जिम्मेवारीसहित जार्कतामा खटाइएको थियो भने उहाँले फोटो संकलनका क्रममा नेपालका ५८ जिल्लाको भ्रमण गर्नुभएको छ ।

पुस्तक तस्वीरमा नेपाली कांग्रेसको १३ र १४औं महाधिवेशन र ‘सरकारका १०० दिन’ नामक फोटो पुस्तक प्रकाशन गर्नुभएका रोशन जनसेवा श्रीपदकबाट सम्मानित हुनुभएको छ भने बाबुछिरिङ स्मृति फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

‘व्यावसायिक रूपमा फोटो पत्रकारिता गर्नेलाई त नौलो खोज तथा उपायको जरुरत पर्ला तर सामाजिक सञ्जालमा पोष्ट गर्नमात्रै प्रस्तुत गर्नेका लागि भने त्यो अर्काे सौखको विषय बन्न सक्छ भने यसले कतिपय सामाजिक सञ्जालमा छिटो फोटो पोष्ट गर्ने होडबाजीले गर्दा नकरात्मक पक्षलाई समेट्ने गरेको पाइन्छ यसमा सुधार ल्याउनुपर्छ’, रोशन भन्नुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?