स्ट्याण्डर्ड चार्टर्डको ‘फ्युचर्स मेकर्स’ अभियान

Read Time = 2 mins

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको पहलमा ‘फ्युचर मेकर्स’ कार्यक्रमका लागि बैंकले ‘होम रन-२०२३’ नामक पुँजी संकलन अर्थात् फण्डरेजिङ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बैंकका दुई सयभन्दा बढी कर्मचारीले सहभागिता जनाएका थिए । बैंकको नयाँ बानेश्वर शाखादेखि न्युरोड र नक्सालसम्मको ११ किलोमिटर दूरीमा बैंकले पदयात्रा, दौड तथा साइकल यात्रालगायत विविध कार्यक्रम गरी होम रन-२०२३ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमबाट संकलित रकम बैंकले सञ्चालन गरिरहेको ‘फ्युचर मेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड’ कार्यक्रममा प्रयोग गरिने जनाएको छ । ‘फ्युचर मेकर्स’ कार्यक्रम स्ट्याण्डर्ड चार्टर्ड बैंकको केन्द्रीय कार्यालयबाट विभिन्न देशमा सञ्चालन भइरहेको एक कार्यक्रम हो ।

विश्वव्यापीरूपमा व्याप्त आर्थिक असमानता न्यूनीकरण र युवाको आर्थिक विकासमा समावेशितामूलक सहभागिता बढाउन बैंकले यो कार्यक्रम अघि सारेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अर्निवान घोष दास्तीदरले कार्यक्रम उद्घाटन गर्दै कर्मचारीको उत्साहजनक सहभागिताले नयाँ पुस्तालाई सिक्न, कमाउन र आर्थिक वृद्धिमा अग्रसर हुन प्रेरणा दिने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?