भोजपुर गोल्डकप प्रतियोगिताको तयारी अन्तिम चरणमा

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा चैत्र १० गतेबाट संचालन हुने जिल्लाकै प्रतिष्ठित छैठौ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

गोेल्डकपको तयारी अन्तिम चरणमा पुगेको बताउँदै आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रविण सुवालले प्रतियोगिता संचालनका लागि ३२ लाख ८० हजार लाग्ने बताउनुभयो । भोजपुर नगरपालिको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको सहप्रायोजकमा शिवम फुटवेयर्स प्रालि, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि र सिजि बु्रअरी रहेको छ ।

गोल्डकप तयारीका बिषयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा फुटवल प्रतियोगिताका बारेमा जानकारी दिईए अनुसार प्रतियोगितामा नेपाल भित्रका छ र बाहिरी दुई टिमको सहभागिता हुने छ ।

प्रतियोगितामा युकेएफसी भारत, एभीनियर फुटवल क्लव क्यामरुन, भोजपुर जिल्ला फुटवल संघ, एनबिवाईसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लव मोरङ, भगवती स्पोर्टस क्लव खोटाङ र बसाहा क्लव उदयपुर सहभागी हुने छन ।

प्रतियोगिताको विजेताले उपाधीसहित नगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ । प्रतियोगिता चैत्र १० बाट चैत्र १६ गतेसम्म संचालन हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?