आजबाट जीतपुर सिमरा गोल्डकप

हिमालय टाइम्स
Read Time = 2 mins

बारा । मोफसलकै सर्वाधिक १० लाख राशी पुरस्कारको जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

खेलमा ‘ए’ डिभिजनका पाँचवटा क्लवसहित मोफसलका १० चर्चित टिमहरूको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटन खेलमा भने आयोजक नव जनजागृति र बीएफसी चितवन भिड्ने छन् ।

चैत ९– १८ सम्म चल्ने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही २० हजार दिने जनाएको आयोजकले प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार छुटाएको छ ।

सो प्रतियोगितामा साबिक विजेता एनआरटीसहित ‘ए’ डिभिजनका एपिएफ, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब प्रतिस्पर्धामा उत्रदै छन् भने मोफसलका बीएफसी चितवन, वीरगन्ज युनाइटेड क्लब, मकवानपुर ११ हेटौंडा, वाग्मती युवा क्लब सर्लाही र आयोजक नव जनजागृति युवा क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?