गैँडाको आक्रमणबाट महिलाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

देवचुलीस्थित महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली नगरपालिका–१० पृथ्वीनगरकी ६१ वर्षीया दरिमा थापाको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

बुधबार अपरान्ह गैँडाको आक्रमणबाट गम्भीर घाइते हुनुभएकी थापाको उपचारका क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?