काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।
बिहिबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसामा कारोबार भइरहेको छ भने युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।
यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ १८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
त्यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४० पैसा र बिक्रीमा ८८ रुपैयाँ ८० पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १३ पैसा र बिक्रीदर ३५ रुपैयाँ २९ पैसा तोकेको छ।
यसैगरि, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ । मलेसियन रिंगिट एकको खरिदमा बिहिबार २९ रुपैयाँ ६२ पैसा र बिक्रीमा २९ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।
आज कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ५५ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ५१ पैसा तोकिएको छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ४८ पैसामा किनबेच भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच