खोटाङ । खोटाङका उद्योगी व्यवसायीहरुको छाता संगठन उधोग वाणिज्य संघको नयाँ समिति राजनीतिक भागबण्डाबाट टुंगो लाग्ने देखिएको छ ।
१४ फाल्गुणमा २५ औँ साधारणसभा गर्दै ११ औँ अधिवेशनको नयाँ पदाधिकारी २३ फाल्गुनमा सर्वसहमतीमा टुङगो लगाउने र नलागेमा सोही दिन मतदान गरेर नयाँ पदाधिकारी टुङग्याउने तयारीमा जुटेको संघ, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसहिताले धकेलिएपछि अन्ततः राजनीतिक भागबण्डामा पदाधिकारी टुंग्याउनेमा पुगेको छ ।
राजनीतिक भागबण्डामा कांग्रेसलाई अध्यक्ष र कोषाध्यक्ष दिने सहमति भएको श्रोत बताउँछ । त्यसो हुंदा समुन्द्र प्रसाद जोशी अध्यक्ष र युधिर शाक्य कोषाध्यक्ष हुने देखिन्छ ।
नेकपा एमालेलाई वरिष्ठ उपाध्यक्ष, द्धितीय उपाध्यक्ष र सचिव दिने सहमति भएको देखिन्छ । जसअनुसार ध्रुब श्रेष्ठ वरिष्ठ उपाध्यक्ष, विनोद खड्का सचिव तथा दितीय उपाध्यक्षको नाम खुलेको छैन ।
नेकपा माओवादी केन्द्रलाई प्रथम उपाध्यक्ष र महासचिव दिने सहमति देखिन्छ । जसअनुसार मनोज वजिमय प्रथम उपाध्यक्ष र सुमन श्रेष्ठ महासचिव हुने श्रोत बताउँछ ।
कांग्रेसलाई चारवटा सदस्य पद दिएर अन्य सदस्य पद माओवादी, एमाले, जसपा, नेकपा एकिकृत समाजवादीलाई दिने सहमति अघि बढेको देखिन्छ । १८ जना निर्वाचित, २ जना मनोनितसहित २० जनाको कार्य समिति हुने प्रावधान छ ।
यो दृश्यले उधोगी, व्यवसायीहरुको प्रवद्र्धनमा काम गर्ने संस्था राजनीतिले नराम्ररी गिजोलिएको देखिन्छ । ताकि, १४ फाल्गुणमा २५ औं साधारणसभा तथा ११ औ अधिवेशन उद्घाटनमा संघको पदाधिकारी चयनमा राजनीतिक हष्तक्षेप नहुने, खुल्ला र स्वतन्त्र रुपमा साधरण सदस्यले पदाधिकारी चुन्ने पाउने भन्दै चर्को भाषणबाजी भएको थियो । अहिले त्यही भाषण भद्दामजाक जस्तो सावित भएको छ ।
संघमा राजनीतिक हष्तक्षेपले भागबण्डा गरेर पदाधिकारी चयन गर्न लाग्दा साधारण सदस्यहरुले व्यापक असन्तुष्टी जनाएका छन् । साधारण सदस्यको मर्म र भावना विपरित सरासर प्रहार गर्दै बन्द कोठामा बसेर पदाधिकारी चयनले साधारण सदस्यलाई बहिष्कार र अन्याय भएको एक सदस्यले बताए ।
साधारण सदस्यको भावनामा प्रहार गर्दै नेतृत्व चयनको अधिकार हनन् गरी सिमित व्यक्तिको स्वार्थका लागि राजनीतिक भागबण्डा भएको अर्को एकजना साधारण सदस्यले गुनासो गरेका छन् ।
केही साधारण सदस्यका अनुसार पटक–पटक राजनीतिक भागबण्डा लगाई संस्थाको गरिमामाथि प्रश्न उठेको, संस्थाको हरेक क्रियाकलापमा अनिवार्य जस्तै सहभागी साधारण सदस्यलाई नयाँ नेतृत्व चयनमा उपेक्षा गरेको र यसले साधारण सदस्यहरुमा साधारण सदस्य नहुने मत बढ्दै गएको र संस्था कमजोर हुने अवस्था देखिएको एक श्रोत बताउँछ । १६ चैतमा नयाँ नेतृत्व चयनका लागि संघको अधिबेशन हुंदैछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका