क्यानले बढायो मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले वृद्धि गर्दै देसाईको पारिश्रमिक १२ हजार अमेरिकी डलर पु¥याइएको हो ।

नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप छनोटमा पु¥याएमा तलब वृद्धि गर्ने यसअघिको सम्झौताअनुसार उहाँको पारिश्रमिक वृद्धि गरिएको क्यानले जनाएको छ ।

उहाँको प्रशिक्षणमा हालै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउँदै आईसीसी क्रिकेट विश्वकप लिग टुको शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?